• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News, Videos » महिलाहरु किन बाँझोपनाको सिकार हुन्छन् ? कारण पत्ता लाग्यो
महिलाहरु किन बाँझोपनाको सिकार हुन्छन् ? कारण पत्ता लाग्यो

जो महिलाहरु मातृत्वको अनुभव तथा सुख लिनबाट बन्चित हुन्छन् उनीहरुका लागि वैज्ञानिकहरुले एउटा आशाको दियो जलाइदिएका छन् । वैज्ञानिकहरुका अनुसार बाँझोपना हुनुमा एउटा भाइरस जिम्मेवार हुन्छ । ठेउला जस्तै उक्त भाइरसको नाम एच एच भी सिक्स ए राखिएको छ । शोधकर्ताका अनुसार यो भाइरसले गर्भाशयको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाइदिन्छ ।

 जसका कारण महिलाको डिम्ब पुरुषको शुक्रकिटसँग गर्भाधान हुन सक्दैन । भाइरसले गर्भासयका प्रतिरक्षा कोसिकाहरुलाई सक्रिय पारेर साइटोकानिन्स रसायनको उत्पादन गर्दछ । यसले प्रतिरक्षा प्रणालीका लागि एक हतियारको रुपमा काम गर्दछ । यसको उत्सर्जन बढि भएमा डिम्बको गर्भाधान हुन पाउँदैन । अनुसन्धानका क्रममा बाँझोपनबाट पीडित महिलामध्ये आधा भन्दा बढिमा यो भाइरसको संक्रमण रहेको पाइयो । यो भाइरसले महिलाको गर्भासयमा बसेर गर्भका लागि सरीरलाई तयार पार्ने प्रोटिनलाई प्रभावित गर्दछ । त्यसैले यो भाइरसलाई निर्मूल पारेर महिलाको बाँझोपन हटाउन सकिने वैज्ञानिकको भनाई छ ।

 इटालीको युनिभर्सिटी अफ फेराराका शोधकर्ताहरुले गरेको यो अनुसन्धानका क्रममा बाँझोपनबाट ग्रसित ३६ जना महिलाहरुको नमूना लिइएको थियो । जसमा ३० जना महिलाहरु एचएचभी सिक्स ए बाट संक्रमित रहेको पाइयो । यो भाइरस ठेउला तथा अनुहारको छालाको रोग गराउने भाइरसकै परिवारको भाइरस भएको बताइएको छ । यो भाइरस सबैभन्दा पहिले १९८६ मा पत्ता लागेको भएप्नि यसले महिलामा बाँझोपन गराउने तथ्य बल्ल पत्ता लागेको हो ।

Labels: Health, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana