• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
InterView, News, Videos » (इपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा साउन ११ माप्रकाशित गर्ने
(इपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा साउन ११ माप्रकाशित गर्ने

२५ असार, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा आगमी साउन ११ गते प्रकाशित हुने भएको छ ।

 रोजगारीका लागि दक्षिण कोरिया जानका लागि सातौं भाषा परीक्षाको नतिजा साउन ११ मा प्रकाशित गर्ने तयारी भइरहेको इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए । भाष्ष परीक्षा गत असार ४ र ५ गते काठमाडौं र पोखरमा सञ्चालन गरिएको थियो । यसवर्ष भाषाका परीक्षाका लागि ६० हजार ६ सयले फारम भरेका थिए । जसमा ५ प्रतिशत परीक्षार्थी परीक्षामा सहभागी भएका थिएनन् ।

 कुल ५७ हजार १ सय परीक्षार्थीले इपीएस परीक्षा दिएका छन् । यसवर्ष कोरियाले ३१ सय नेपालीलाई भाषा परीक्षामा पास गराउनेछ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ । यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झन्डै ६३ प्रतिशत कम हो । गत वर्ष ८ हजार ४९० युवा उत्तीर्ण भएका थिए । कोरियाको मानव संशाधन विकास (एचआरडी) ले निर्धारण गरेको अनुमानित उत्तीर्ण संख्यामध्ये उत्पादनमूलक क्षेत्रमा २ हजार १०० र कृषि तथा पशुपालन क्षेत्रमा एक हजार निर्धारण गरेको इपीएस कोरिया शाखाले जनाएको छ । 

 नेपाल सरकारले उत्तीर्ण संख्या बढाउन आग्रह गरेकाले केही बढ्न सक्ने निर्देशक बास्तोलाले बताए । कोरियाले यहाँ लिएका सबै परीक्षाका उत्तरपुस्तिका स्क्यानिङमार्फत डिजिटजाज्ड गरेर कोरिया लगेको छ । उसले मेसिनको प्रयोग गरेर ओसीआर प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने गरेको छ ।

Labels: InterView, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana