• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Politics » समयको चेपुवामा छौं, जनताका दुःख छिटो हटाऊँ’
समयको चेपुवामा छौं, जनताका दुःख छिटो हटाऊँ’

काठमाडौं ६ दिनपछि खुलेको संसद्मा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडितहरुलाई राहत दिने काममा कसैले पनि खोँचे थाप्न नहुने बताएका छन् । 

भूकम्पपीडितका घर पुनर्निर्माणका लागि पहिलो किस्तामै दुई लाख दिनुपर्ने प्रमुख प्रतिपक्षी दल कांग्रेसको मागबारेमा सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारकातर्फबाट पीडितहरुलाई राहत दिने कुरामा कुनै कन्जुस्याइँ नगरिएको स्पष्ट पारे । ‘सरकार भूकम्पपीडितलाई एकैमुष्ट रकम पनि दिन तयार छ । तर सरकारले दिएको राहत दुरुपयोग हुनु भएन’, ओलीले भने, ‘कांग्रेसले भएन भनेको मैले बुझिन, कांग्रेसको मागबारे दातृनिकायसँग परामर्श गर्न सरकार तयार छ । तर यसरी खोँचे थाप्न भएन ।’ भूकम्पपीडितलाई राहत र पुनर्निर्माणका लागि स्थापित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसहितमा पार्टी विशेषले राजनीतिक भर्ती गर्यो भन्ने कुरा अफबाह मात्र रहेको प्रधानमन्त्रीको भनाइ थियो । 

‘सरकारले त्यसरी कसैलाई भर्ना गरेको छैन । दलीय र आस्थाका आधारमा कुनै भूकम्पपीडितलाई भेदभाव गर्रिको छैन’, उनले भने, ‘सरकार चाँडो भन्दा चाँडो भूकम्पपीडितलाई घरमा भित्र्याउन आतुर छ । तर यो प्रयासमा प्रतिपक्षीको पनि साथ हुनुपर्यो, अनावाश्यक शंका गर्नु भएन ।’ कांग्रेसले गरेको मागबारे बोल्दै प्रम ओलीले पुर्व सरकारले नै चार किस्तामा दिने भनेर सम्झैता गरेकाले अफ्ठेरो परेको उनको भनाइ थियो । ‘अहिले भइरहेको कार्यविधि र निर्देशिकामा उपयुक्त परिमार्जन गरेर भूकम्पपीडितलाई पहिलो किस्ताकै रकम बढाउन सकिन्छ । पहिलो किस्तामा ५० हजारमा एक लाख थपेर डेढ लाख गराउन सकिन्छ’, उनले भने, ‘जनताका दुःख छिटो हटाऊँ भन्ने कुरामा कुनै दुई मत छैन । 

हामी परिस्थिति र समयको चेपुवामा छौं, त्यसैले केही कामहरु चाँडो सक्नुछ ।’प्रधानमन्त्री ओलीले अहिलेसम्ममा ७ लाख १७ हजार ७ सय १८ घरधुरीको सर्भेक्षण सकिएको जानकारी दिँदै ५ लाख ३३ हजार ४ सय ५४ जना घरधनीको नाम अनुदान पाउने सूचीमा आइसकेको बताए । ‘भूकम्पपीडितको गुनासो र चित्त नबुझाई छ भने सरकारले सुनेर फेरि भेरिफाइ गरिएको छ’, उनले भने, ‘भूकम्पपीडितलाई अहिलेसम्म १२ अर्ब ४४ करोड ६८ हजार निकासा भइसकेको छ ।’ ओलीले अहिलेसम्म २८ वटा सामुहिक भवन हस्तान्तरण भइसकेको बताए । उनले ८ वटा तयारी भएर केही दिनमै बुभाउने र थप ४६ वटा सामूहिक भवन पनि १० दिनभित्र बुझाउने प्रष्टिकरण दिए ।

Labels: News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana